Submitted on: Fri, 09/18/2026 - 16:58
विषयः मेरिङदेन गाउँपालिकाको समग्र वृत्तचित्र निर्माण गरिएको सम्बन्धमा।
यस मेरिङदेन गाउँपालिकाको भौगोलिक अवस्था, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, धार्मिक एवं पर्यटकीय स्थल, कृषि तथा पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, आर्थिक तथा सामाजिक अवस्था, स्थानीय कला, संस्कृति, रहनसहन, सेवा प्रवाह तथा गाउँपालिकाबाट सञ्चालित विभिन्न विकासात्मक गतिविधिहरूलाई समेटी मेरिङदेन गाउँपालिकाको समग्र वृत्तचित्र निर्माण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Submitted on: Fri, 05/08/2026 - 10:37
मेरिङदेन गाउँपालिकाको गोठ/भकारो सुधार कार्यक्रम सम्बन्धी कार्यविधि, २०८२
Submitted on: Fri, 04/24/2026 - 12:18
आज मिति २०८२ चैत्र १६ गते मेरिङदेन गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष श्री यूक हां विर हाँगाम (डम्बर) ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङ ज्यू, गाउँ सभा सचिव श्री उदय कुमार यादव ज्यू लगायत सभा सदस्य ज्यूहरु र मेरिङदेन गाउँपालिकाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुको समुपस्थितिमा चालु आ.व. २०८२।८३ को बजेट तथा कार्यक्रमबाट आवश्यक शीर्षकहरू संशोधन एवं थप गरी मेरिङदेन गाउँपालिका गाउँ सभाको १९ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ ।