FAQs Complain Problems

ग्यालरी

आज मिति २०८२ चैत्र १६ गते मेरिङदेन गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष श्री यूक हां विर हाँगाम (डम्बर) ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङ ज्यू, गाउँ सभा सचिव श्री उदय कुमार यादव ज्यू लगायत सभा सदस्य ज्यूहरु र मेरिङदेन गाउँपालिकाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुको समुपस्थितिमा चालु आ.व. २०८२।८३ को बजेट तथा कार्यक्रमबाट आवश्यक शीर्षकहरू संशोधन एवं थप गरी मेरिङदेन गाउँपालिका गाउँ सभाको १९ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

मिति: 04/24/2026 - 12:18

मिति २०८२।०५।३१ गते यस मेरिङदेन गाउँपालिकामा रहेका विभिन्न शाखाहरुले आ.व. २०८१।८२ मा सम्पादन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा कार्यक्रम मेरिङदेन गाउँपालिका अध्यक्ष श्री यूक हां विर हाँगाम डम्बर ज्यूको अध्यक्षता साथै उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङ ज्यू र नि.प्र.प्र.अ. श्री उदय कुमार यादव ज्युको आतिथ्यतामा सम्पन्न भएको छ ।

मिति: 09/17/2025 - 21:39
, , , ,

आज मिति २०८१ मङ्सिर १९ गते मेरिङदेन गाउँपालिकाको १६ औं विशेष अधिवेशन सम्पन्न भएको छ ।

मिति: 12/04/2024 - 20:08

आज मिति २०८१।०३।१० गते सोमबारका दिन मेरिङदेन गाउँपालिका अध्यक्ष तथा गाउँ सभाका सभाध्यक्ष श्री यूक हां विर हांगाम (डम्बर) ज्यूको अध्यक्षतामा सञ्चालन भएको १५औं गाउँ सभा अधिवेशनले गा.पा. उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङज्यूबाट पेश भएको आ.व. २०८१।०८२ को वार्षिक बजेट, निति तथा कार्यक्रम साथै आर्थिक विनियोजन विधेयक, २०८१ सम्पूर्ण सभा सदस्यज्यूहरुद्वारा सर्वसम्मतिले पारित गरिएको छ ।

मिति: 06/30/2024 - 01:05

मेरिङदेन गाउँपालिका भरिका विद्यालयलाई तहगत रूपमा कक्षा ८, १० र १२ लाई आधार मानि सर्वोकृष्ट छात्र, छात्रा, शिक्षक र विद्यालयलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

मिति: 06/30/2024 - 00:54
, ,

मरिङदेन गाउँपालिका, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपाल बीच अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय लागत साझेदारी गर्ने गरी सम्झौता गरिएको छ ।

मिति: 06/28/2024 - 15:23

'१७ औं गणतन्त्र दिवस - २०८१' को अवसरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष श्री यूक हाँ विर हाङ्गाम डम्बर ज्यू, उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङज्यू लगायत गाउँपालिकाका कर्मचारीहरुद्वारा प्रशासकीय भवनमा दीप प्रज्वलन गरी नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान दिने महान सहिदहरूप्रति सम्झना प्रकट गरिएको छ ।

मिति: 05/28/2024 - 19:02
, ,

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू र मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू बीच अन्तरक्रिया कार्यक्रम आज मिति २०८१ साल जेठ ११ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
छलफल तथा अन्तरक्रियामा शान्ति सुरक्षा, महिला बालबालिका विरुद्ध अपराध नियन्त्रण, लागू औषध दुर्व्यसन नियन्त्रण, सार्वजनिक सेवा प्रवाह, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन इत्यादि महत्वपूर्ण विषयवस्तुहरु समावेश गरिएको थियो ।

मिति: 05/24/2024 - 18:50
,

मेरिङदेन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियुक्त भई आउनुभएका श्री भिम बहादुर सुब्बा सरको स्वागतमा आयोजना गरिएको छोटो मिठो कार्यक्रमको दौरान कैद गरिएको सामुहिक तस्वीर ।
तस्वीरः ज्ञानेन्द्र लिम्बु

मिति: 05/06/2024 - 11:55

मिति २०८०/०९/१० गते निर्माण सम्पन्न भएको पुलको माननीय सविधानसभा सदस्य डम्बर ध्वोज तुम्बाहाङफेको प्रमुख आतिथ्यता एक कार्यक्रम बिच समुद्दघाटन भएको छ जुन कार्यक्रमको अध्यक्षता मेरिङ्देन गाउँपालिका अध्यक्ष युक हां वीर हाँगाम (डम्बर) ले गर्नु भएको थियो भने मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चोङबाङ निवर्तमान पालिका अध्यक्ष गणेश बहादुर लिम्बू र मेरिङदेन गाउँपालिकाका वडा अध्यक्षहरु, निर्माण कम्पनी का प्रतिनिधी, सरोकारवाला निकायका प्रतिनिधिहरु स्थानीयबासीहरु उपस्थितमा सप्पन्न भएको छ ।

मिति: 01/18/2024 - 19:56
, ,

Pages

//