FAQs Complain Problems

मेरिङदेन-२, सान्थाक्रामा रहेको पर्यटकीय तथा धार्मिक पोखरी ।

Read More

मेरिङदेन गाउँपालिकाको परिचय

मेरिङदेन गाउँपालिका पूर्वी नेपालको कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर-पश्‍चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । नेपाल सरकारले वि. सं. २०७३ सालमा सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्‍त्रालय अन्तर्गत ७४४ स्थानिय तह लागू गर्दा ताप्लेजुङ जिल्ला स्थित साविकको थिङलाबु, सान्थाक्रा, खाम्लुङ, लिङतेप, थुकिमा तथा नाल्बु गाउँ विकास समितिहरुलाई समेटी सिङ्‍गो मेरिङदेन गाउँपालिका बनाईएको हो । अधिकांश लिम्बु समुदायको बसोबास रहेको यस गाउँपालिकाको नामाकरण पनि लिम्बु भाषाबाटै गरिएको हो जसको शाब्दिक अर्थ मेरिङ भन्‍नाले दुःख/पीडा/वेदना र देन भन्‍नाले ठाउँलाई बुझाउँछ । मेरिङदेन गाउँपालिकाको सिमाना पूर्वमा फुङलिङ नगरपालिका र मिक्‍वाखोला गाउँपालिका, पश्‍चिममा संखुवासभा जिल्ला, उत्तरमा मिक्‍वाखोला गाउँपालिका एवं दक्षिणमा मैवाखोला गाउँपालिका सम्म फैलिएको छ । यस गाउँपालिकाको कूल क्षेत्रफल २१०.३३ वर्ग कि. मी. रहेको छ । मेरिङदेन गाउँपालिकामा २,६६२ घरधुरी रहेका छन् । मेरिङदेन गाउँपालिकाको कूल जनसङ्ख्या ११,८३८ रहेको छ जसमा महिलाको सङ्ख्या ५,९७९ र पूरुषको सङ्ख्या ५,८५९ रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि/कर्मचारी

फोन नं

श्री यूक हां विर हाङगाम् (डम्बर)

अध्यक्ष ९८४२६६०४६७

श्री दुर्गा प्रसाद श्रेङ चङवाङ

उपाध्यक्ष ९८६३८१७६४०

उदय कुमार यादव

नि. प्रमुख प्रशासकीय अधिकृत ९८५२६६०८२२

जितेन लिम्बु

सूचना अधिकारी/सूचना प्रविधि अधिकृत ९८५२६६०८२०

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु. ५०
आवश्यक कागजातहरुः-
  1.  सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;
  2.  बसाइँसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु. ५०
आवश्यक कागजातहरुः-
  1.  सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;
  2.  अदालतबाट सम्बन्ध विच्छेद भएको फैसालाको प्रतिलिपि;
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु. ५०
आवश्यक कागजातहरुः-
  1. दुलाहा-दुलहीको जन्म दर्ताको प्रतिलिपि वा जन्म सिफारिस र नागरिकताको प्रमाणपत्र;
  2. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
  3. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
  4. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो । 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  1. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा);
  2. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;
  3. विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण;
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्यसपछि रु. ५०
आवश्यक कागजातहरुः-
  1. बाबु आमाको नागरिक्ताको प्रतिलिपि;
  2. स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
  3. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण;
  4. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज;
  5. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
  6. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
  7. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र;

समाचार

//