आज मिति २०८१।०३।१० गते सोमबारका दिन मेरिङदेन गाउँपालिका अध्यक्ष तथा गाउँ सभाका सभाध्यक्ष श्री यूक हां विर हांगाम (डम्बर) ज्यूको अध्यक्षतामा सञ्चालन भएको १५औं गाउँ सभा अधिवेशनले गा.पा. उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङज्यूबाट पेश भएको आ.व. २०८१।०८२ को वार्षिक बजेट, निति तथा कार्यक्रम साथै आर्थिक विनियोजन विधेयक, २०८१ सम्पूर्ण सभा सदस्यज्यूहरुद्वारा सर्वसम्मतिले पारित गरिएको छ ।
सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत श्री भिम बहादुर सुब्बा ज्यू लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको पनि सहभागिता रहेको अधिवेशनमा सार्वजनिक गरिएको कुल रु.४०,२०,३०,०००/- (अक्षरेपी चालिस करोड बिस लाख तिस हजार रुपियाँ मात्र) बजेटमध्ये चालूतर्फ रु.२७,५२,००,०००/- (अक्षरेपी सत्ताइस करोड बाउन्न लाख रुपियाँ मात्र) र पुँजीगततर्फ रु.१२,६८,३०,०००/- (अक्षरेपी बाह्र करोड अठ्सठी लाख तिस हजार रुपैयाँ मात्र) रहेको छ ।