आज मिति २०८२ चैत्र १६ गते मेरिङदेन गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष श्री यूक हां विर हाँगाम (डम्बर) ज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङ ज्यू, गाउँ सभा सचिव श्री उदय कुमार यादव ज्यू लगायत सभा सदस्य ज्यूहरु र मेरिङदेन गाउँपालिकाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुको समुपस्थितिमा चालु आ.व. २०८२।८३ को बजेट तथा कार्यक्रमबाट आवश्यक शीर्षकहरू संशोधन एवं थप गरी मेरिङदेन गाउँपालिका गाउँ सभाको १९ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
